Saturday, October 26, 2013

सुधारिएको नेपाली ट्रयाडिशनल लेआउट (Nepali Traditional keyboard layout)

युनिकोड आउनु अगाडि म प्रीति, कान्तिपुर जस्ता ttf फन्टमा टाइप गर्थें । त्यसको लागि मदन पुरस्कार प्रतिष्ठानले Nepali Traditional Layout भन्ने बनाएको थियो । यसमा पुरानो ब क म ा न लेआउट छ जुन प्रिति फन्टसँग मिल्दो जुल्दो छ ।

यसमा अनेक नयाँ अक्षरहरू पनि छन् जसलाई पहिले Alt+xxx कोडबाट ल्याउन पर्थ्यो जस्तै S = ङ्क, D = ङ्ग, T = ट्ट आदि । झट्ट सोच्दा यसले गर्दा टाइप गर्न सजिलो हुन्छ जस्तो लाग्छ तर हामी ttf लेआउटमा हात बसेकाहरूलाई भने यसले झनै अप्ठेरो बनाएको पाएँ । एक त यी अक्षरहरू धेरै चाहिने हैन (W = ड्ढ कहिल्यै प्रयोग गर्नु भएको छ ?) त्यसमाथि धेरै प्रयोग भएर हात गैराख्ने S = क्‍ यो हान्न खोज्दा ङ्क आइदिन्छ तीन चोटि Backspace हान्न पर्ने गरि । त्यसमाथि चाहिराख्ने चिन्हहरू जस्तै , : ? - हरू चाहि Ctrl Alt सँग थिच्न पर्ने भाको छ ।

Windows 7 देखि Nepali भन्ने लेआउट पाइन्छ जो लगभग हुबहु प्रीति लेआउटसँग मिल्छ तर यसमा धेरै अक्षरहरू नै छैनन् । Linux मा त झन् आधा आधि मात्र चल्ने Traditional लेआउट भेटिन्छ । यी सबबाट आजित भएर एउटा नयाँ लेआउट बनाएको छु ।

नयाँ लेआउट

दैनिक टाइप गर्न पर्नेहरूलाई सजिलो गर्न मैले Nepali Traditional TTF लेआउट बनाएको छु । यो लेआउट बनाउँदा सकेसम्म प्रिती जस्ता ttf लेआउटमा हात बसेकाहरूलाई सजिलो होस् भनेर बनाएको छु । ttf फन्टहरूमा टाइप गर्दा आफूलाई चाहिएको चिन्हहरू कसरी ल्याउने भन्नेमा ध्यान दिन पर्थ्यो भने युनिकोडमा टाइप गर्दा कुन अक्षर कुन स्वर र व्यन्जनहरू मिलेर बनेको छ त्यो थाहा पाए पुग्छ। यहि सैधान्तिक भिन्नताका कारण टाइप गर्दा केही फरकहरू भने हुन्छन् । साथै चाहिराख्ने चिन्हहरू जस्तै , : ? - = ! @ / आदि पनि लेआउटमै वा dead key प्रयोग गरेर सजिलै ल्याउन मिल्ने बनाएको छु । सुधारका लागि सुझावहरू दिनसक्नु हुन्छ ।

Nepali Traditional TTF Layout
Larger image and SVG here,
original template taken from Keyboard_layout_Zhuyin.svg credited to Sakurambo

डाउनलोड#

टाइप चै कसरी गर्ने त युनिकोडमा, प्रीति(ttf)भन्दा के चै फरक छ ?#

इकार

ह्रस्व र दीर्घ दुवै इकार व्यन्जन पछि थिच्न पर्ने

जस्तै दिदी लेख्न पर्दा
ttfमा ि+ + + हुन्थ्यो भने
युनिकोडमा +ि + + (हिज्जे भन्न पर्दा जसरी भनिन्छ त्यसरी नै टाइप गर्ने : द इकार द ईकार )
ओकार र औकार
ttf मा जस्तो ा + े गरेर वा ा + ै गरेर ौ बन्दैन ( धेरैले गर्ने गल्ती ) । ो र ौ क्रमशः JB मा छन्
ो  → कोठा
अरू स्वर मात्राहरू - आकार ा, ह्रस्व उकार ु, दीर्घ ऊकार ू, ऋ ृ, एकार े, ऐकार ै प्रीतिमा जसरी नै टाइप गरिन्छ ।
स्वर अक्षरहरू छुट्टै लेख्न परेमा#
प्रीतिमा जस्तो 'अ' मा आकार, ओकार जस्ता स्वर मात्रा लगाएर हुदैन धेरैले गर्ने गल्ती
अ + ा ≠ आ   A → आ
अ + ो ≠ ओ   _ → ओ
अ + ौ ≠ आ   - → औ
(इ + रेफ) र + ् + इ ≠ ई     @ → ई
ए + े ≠ ऐ   E → ऐ
माथि लेआउटमा देखाए गरि सबै स्वर अक्षरका लागि आफ्नै key छन्
c → अ
A → आ
O → इ
@ → ई
C → ऋ
p → उ
U → ऊ
P → ए
E → ऐ
_ → ओ
- → औ
रेफ खोइ त ?
युनिकोडमा रेफ छुट्टै हुदैन । रेफ भनेको आधा 'र' अरू व्यन्जनसँग जोडिएपछि आउने हो, त्यसैले रेफ लागि + (हलन्त)
→ कार्य
ई (दीर्घ ईकार) का लागि पनि रेफ प्रयोग हुन्थ्यो, त्यसको लागि @ → ई
अरु अक्षरहरू
युनिकोडमा टुक्रे चिन्हहरू छैनन् । जस्तै प मा पुच्छर जोडेर फ, उ मा पुच्छर जोडेर ऊ, प को खुट्टा तानेर प्र आदि इत्यादि केही गर्न पर्दैन ।
K → फ
U → ऊ
V → ॐ
< → ङ
→ प्र
→ रु (ह्रस्व)
→ रू (दीर्घ)
अरू उदाहरण सयुक्त अक्षरमा
आधा अक्षरहरू
ttf मा आधा अक्षरहरू जस्तै ब्‍, क्‍, द् क्रमशः A, SB मा पर्छन् भने युनिकोडमा ब+्, क+् द+् गर्नु पर्छ । यहाँ राखिएको युनिकोड लेआउटमा धेरै प्रयोग हुने आधा अक्षरहरू जस्तै क्‍ स्‍ हरू S : मै छन् भने द् चै B मा छैन तर याद राख्न पर्ने कुरा के छ भने युनिकोडमा + गरेर क् ल्याउनु र S गरेर क् ल्याउनुमा केही अन्तर छैन र त्यसपछि केही अक्षर आएमा आफै जोडेर संयुक्त अक्षरहरू बन्छन् ।
संयुक्त अक्षरहरू#
युनिकोडमा संयुक्त अक्षरहरू टाइप गर्न ttf फन्टहरूमाभन्दा सजिलो छ, जुन अक्षर जसरी बनेको छ त्यै टाइप गर्दै जाने
उदाहरणको लागि ङ्क लाई लिऊँ, ttf मा फन्ट अनुसारको Alt+xxx कोड हान्नु पर्नेमा युनिकोडमा ङ + ् + क टाइप गरे पुग्छ । युनिकोडको अर्को फाइदा भनेको यसरी टाइप गरेपछि ttf फन्टमा जस्तो अरू फन्टमा लग्दा बिग्रने सम्भावना हुदैन । (नोट : नेपाली (देवनागिरी) अक्षर भएका धेरै युनिकोड फन्टहरू छन्, सबै फन्टमा सबै संयुक्त अक्षरहरू नहुन पनि सक्छन् । फन्टमा नभएमा ् सहितको सिङ्गो अक्षर नै देखिन्छ - जस्तै Windows 7 को Mangal फन्टमा ङ्‍क छुट्टेर आउछ, सो संयुक्त अक्षर भएको फन्टमा चै आफै मिलेर आउछ । ttf फन्टमा जस्तो फन्ट परिवर्तन गर्दा एकदमै फरक अक्षर वा बट्टा बट्टा आउने समस्या चै हुदैन )
केही उदाहरणहरू:
क ् क → क्क
क ् त ‌→ क्त
क ् र ‌→ क्र
ङ ् क → ङ्क (Windows 7 को Mangal फन्टमा ङ्‍क आउछ Kalimati वा Arial Unicode MS मा ङ का मुनि क नै आउछ)
ङ ् ख → ङ्ख
श ् र → श्र
द ् ध → द्ध (बुद्ध)
द ् द → द्द (मद्दत)
द ् व ‌→ द्व (द्वारा) (Windows 7 को Mangal फन्टमा द्‌व आउछ Kalimati वा Arial Unicode MSमा ठिक आउछ)
द ् य ‌→ द्य (Windows 7 को Mangal फन्टमा द्‌य आउछ Kalimati वा Arial Unicode MSमा ठिक आउछ)
द ् र → द्र
प ् र → प्र
ट ् ट ‌→ ट्ट
ठ ् ठ ‌→ ठ्ठ
ह  ृ → हृ (हृदय)
ह ् र → ह्र (गाह्रो)
ह ् य ‌→ ह्य (ह्याकुला)
ह ् व → ह्व (विह्वोल)
संयुक्त व्यन्जनहरू (उदाहरणका लागि मात्र, क्ष त्र ज्ञ क्रमशः I, Q, र ! मा पनि छन्)
क ् ष ‌→ क्ष
त ् र → त्र
ज ् ञ ‌→ ज्ञ
यो ZWJ र ZWNJ भन्ने जन्तुहरू के हुन् ?#
आधा अक्षर पछिल्लो अक्षरसँग जोड्दा फरक तरिकाले जोड्न परेमा ZWJ वा ZWNJ प्रयोग हुन्छ
हलन्त देखिने गरि जोड्न परेमा ZWNJ (Zero Width Non Joiner)#

ZWNJ m मा छ

श्र ZWNJ → श्रीमान्‌को (ZWNJ प्रयोग नगर्दा श्रीमान्को हुन जान्छ)
हलन्त नदेखिने गरि फरक तरिकाले जोड्न परेमा ZWJ (Zero Width Joiner)#

ZWJ Shift+\ मा छ

ZWJ → राख्‍न(कालीमाटी जस्ता युनिकोड फन्टमा राख्न संयुक्त ख र न (ख को मुन्तिर न)  हुन जान्छ त्यस्तो भएको मन नपरेमा)
अंकहरू
अंकहरू ०-९ को लागि Shift थिच्न नपर्ने
1 2 3 मा भएका ज्ञ ई घ द्ध आदिलाई Shift थिच्न पर्ने
Dead key के किन र कसरी - चिन्हहरू#
नेपालीमा धेरै अक्षरहरू छन्, सबै अटाउदा धेरै जसो चिन्हहरूको लागि ठाउँ नै बच्दैन । यसैले धेरै प्रयोग हुने । , ? . जस्ता केही चिन्हहरू मात्रै एउटा key थिचेर आउने बनाइएको छ । अरु चिन्हको लागि भने Dead key को प्रयोग गर्नु पर्छ ।
यो लेआउटमा { Dead key हो । { हान्ने बित्तिकै केही पनि टाइप भएको देखिदैन तर लगत्तै अरु केही थिचे पछि भने चाहिएको अक्षर वा चिन्ह देखा पर्छ ।
किबोर्डमा देखिने चिन्हहरू ~ ` ! @ # $ % ^ & * () - _ = + [] {} \ ;” ' < > / | सबै dead key प्रयोग गरेर टाइप गर्न सकिन्छ । कुनै पनि चिन्ह टाइप गर्न परेमा पहिले { थिच्ने र छोड्ने अनि चिन्ह थिच्ने ।
जस्तै:
+ → { थिच्ने र छोड्ने अनि + थिच्ने
@ → { थिच्ने र छोड्ने अनि @ थिच्ने
     वा { थिच्ने र छोड्ने अनि 2 थिच्ने
Windows मा ! $ : ; > जस्ता केही अपवादहरू छन्, जसमा हल्का फरक तरिका अपनाउनु पर्ने हुन्छ, तल विस्तृतमा दिइएको छ । प्रयोगकर्ता सुझाव अनुसार पुरानो भर्सन भन्दा अलिकति फेरबदल गरिएको छ, नयाँ भर्सन राख्नुहोला ।
कोष्ठक चिन्ह - ( कसरी टाइप गर्ने :
कुन चिन्ह कता
चिन्हLinuxWindows
.
.= वा {.
,,
??
`{`
~{~
!{! / {1{1
@{@ वा {2
#{# वा {3
${$ / {4{4
%{% वा {5
^{^ वा {6
&{& वा {7
*{* वा {8
({( वा {9
){) वा {0
-{-
_{_
={=
+{+
[{[
{{{
]{]
}{}
\{\
|{|
:{: {;
;{; {m वा Ctrl+Alt+;
'{'
"{"
<{<
>{> {,
/{/
ऱ्{?
पऱ्यो गऱ्यो ऱ्याल कसरी लेख्ने?#
यस्तो आधा र दुई तरिकाले लेख्न सकिन्छ
ऱ को प्रयोग गरेर
{? = ऱ् (थोप्लो भएको र अनि हलन्त)
{?→ पऱ्यो
{?→ ऱ्याल
ZWJ को प्रयोग गरेर
ZWJ → पर्‍यो
ZWJ → र्‍याल (नत्र र्याल हुन जान्छ)

123 comments:

  1. मैले तपाईले भने अनुसार Ubuntu 14.04 मा install गरेँ तर फाइन कपि गर्दा Permission denied भन्छ । owner: root

    ReplyDelete
    Replies
    1. sudo गर्न बिर्सनु भो कि ?

      Delete
    2. Copy ne-trad-ttf.mim to that folder and ne-trad-ttf.png to icons/.
      ne-trad-ttf.mim copy nai hudaina ............

      Delete
    3. tapai le cp ne-trad-ttf.mim /usr/share/m17n garna khojnu bho ki. /usr/share bhitra normal user lai write access hunna, sudo garna parcha.

      yesari ek ek garera copy garna ko satta tar extract garda nai sidhai tei jane gari yo command run garnus. sudo chai na chhutaunu hola
      sudo tar xzf linux-ne-trad-ttf.tar.gz -C /usr/share/m17n

      aru kei samasya aye ma pani bhannu hola. dhanyabad.

      http://nepalitankan.blogspot.com/2013/10/ne-trad-ttf-for-linux.html

      Delete
    4. sudo tar xzf linux-ne-trad-ttf-1.1.0.tar.gz -C /usr/share/m17n

      you forgot the version after ttf in the file. Please look at the file name. Or u can change the file name and use the same

      Delete
  2. Great work. The keyboard is useful for preeti like traditional font users like me. I appreciate your work. Keep it up.

    ReplyDelete
    Replies
    1. thank you sir, was this for linux or windows? Please do let me know if there is any thing to improve.

      Delete
    2. I am using it in windows. I don't know whether it is issue or not, I could not type colon(:) with dead character { . How could it be done. I used it in windows 8.1, Keyboard was not effective until restart, however madan puraskars Nepali Unicode Traditional didn't required restart. Is it because the installer didn't have company.

      Delete
    3. colon can be entered by pressing the key 'm' which where it used to be in Preeti, so it was not included as a dead key. I will add that as well in the next release for consistency. Also please note there are two similar looking characters at 'm' key one is : (colon) and other is ः (विसर्ग) [with shift pressed].
      I have only used this in win XP and 7 and I dont remember having to reboot then. I will try to replicate this issue in win 8. Thank you for you feedback

      Delete
    4. Thank you so much. In my earlier query I didn't clearly specify the issue. After installation, Nepali Traditional TTF Keyboard was not effective until reboot. The program Nepali Traditional TTF in Programs and Features in control panel specifies the company as "no company" in Windows 8.1. Is the reboot required because the program do not specify any company name?

      Delete
    5. If I remember correctly the keyboard layout creator didnt allow me to create a layout without a company name so I entered 'No Company' as a random string so its unlikely that is causing this problem. By effective do you mean it did not appear on the keyboard layout list ? It might be something specific to win8 as i am still unable to replicate this in win 7.

      Delete
    6. This comment has been removed by the author.

      Delete
    7. This comment has been removed by the author.

      Delete
    8. Can I use your keyboard layout source code from github to make some modifications myself?

      Delete
  3. I use Nepali Unicode Traditional it work every where like Browsers, Notepad but in Microsoft Word and Microsoft Excel i cannot type joint letters like ङ्ग ङ्क द्ध instead of this it will displayed liked nonJoint Letters like ङ्‍ग ङ्‍क द्‍ध . This problem makes me lots of problem while creating document in MS WORD, so any one suggest me how do i type the joined letters correctly in MS WORD?

    ReplyDelete
    Replies
    1. jujulal jee, which version of windows and word/excel are you using ?

      Delete
  4. यो किबोर्ड बनाउने महानुभावलाई लाखौँ लाख धन्यवाद।

    ReplyDelete
    Replies
    1. मेरो तर्फबाट नि है।

      Delete
  5. Setup garna khojda
    unable to find the msi package or patch..... aauxa....

    and arko ma wait while loaded matra bhanxa but load nai hudaina...

    ReplyDelete
    Replies
    1. kun windows ho Ramesh ji, screenshot pani chha hola ?

      Delete
  6. I AM USING KALIMATI FONT AND I COULD NOT TYPE SYMBOLS WITH DEAD KEY.PLZ SUGGEST ME WHAT TO DO.

    ReplyDelete
    Replies
    1. You should press { and release and then press another key to use dead key. If this is what you did and still did not work please share more details, what exactly happens and if possible a screenshot

      Delete
  7. IF I PRESS { THEN IT TYPE र् IN KALIMATI FONT

    ReplyDelete
    Replies
    1. meena ji, what character are you trying to type ?

      Delete
  8. Dead key को प्रयाेग कसरी गर्ने हाे ? हलनत ऽ कमा र ? याे मार्कहरु अाएन । कसरी ल्याउने सकिन्छ हाेला ?

    ReplyDelete
    Replies
    1. रुपनारायण जी, तपाईले खोज्नुभएका चिन्हहरुको लागि dead key प्रयोग गर्न पर्दैन ।
      हलन्त ् = \
      ऽ = ~ (shift `)
      , = , (ङ भएको key)
      ? = ? (र भएको key)

      अरु चिन्हहरूको लागि भने माथि भने जसरी dead key प्रयोग गर्न पर्छ ।

      Delete
  9. कहिलेकाहिं फरक कम्प्युटरमा हेर्दा स्पेस हराउँछ, याे कसरी भएको होला ? जस्तैः मानिसलाईत्यसकार्यमासंलग्नगराउंदछ, जसलेउसकोकत्याणगर्दछ।

    ReplyDelete
  10. धेरै धेरै धन्यावाद हजुरलाई... धेरै ठुलो प्रयास गर्नुभयो हजुरले.... अझै यसलाई पुरै प्रीति जस्तै विकास गर्नुभयो भने सुनमा सुगन्ध हुन्थ्यो ......

    ReplyDelete
  11. Hello sir Kalimati font install hunxa tara kaam gardaina kina hola??? keyboard setting milauda pani kaam gardaina...kasari garne hola any idea???

    ReplyDelete
    Replies
    1. काम गर्दैन भन्नाले अलि प्रष्ट भएन, कुन प्रोग्राममा चलेन र विन्डोज भर्जन कुन होला ?

      Delete
  12. hello sir ma kalimati font use garxu tara yesma okar type garna mildaina kasari garne bataidinus na

    ReplyDelete
  13. खै के हो ? मैले त बुभ्न सकिन । नेपाली युनिकोड राखेपछि पनि बिभिन्न फन्टो कुरा हुन्छ र ? Button Bar मा Alt+Shift गरेर नेपाली युनिकोड Change गरेपछि MS Word र Excel मा भाषा मिलाउनु पर्छ ? युनिकोड फेरेपनि किर्बोड लेअाउट फरक हुन्छ ? तपार्इले भनेजस्तो मैले टार्इप गर्दा फरक भयो । यो ZWJ ZWNJ टार्इप गर्दा फरक के हो ?

    ReplyDelete
    Replies
    1. विभिन्न फन्ट अनुसार अक्षरको आकार प्रकार फरक हुन्छ। युनिकोडमा पनि धेरै थरि फन्टहरू छन् - मंगल, कालिमाटी, निर्मला र अरु धेरै https://fonts.google.com/?subset=devanagari
      तर प्रिती फन्टमा टाइप गरेका हरफहरू अन्नपूर्ण फन्टमा लग्दा जस्तो अर्कै अक्षरहरू आउने, बट्टा बट्टा आउने चै युनिकोडमा हुदैन। एक चोटि युनिकोडमा टाइप गरिसके पछि अरु जुनसुकै युनिकोड फन्टमा लगे पनि ठिक अक्षर नै आउछ ।
      लेआउटले किबोर्डमा कुन कि थिच्दा कुन अक्षर टाइप हुन्छ भन्ने निर्धारण गर्छ जस्तै यो लेआउटमा a थिच्दा 'ब' टाइप हुन्छ भने Nepali Romanized लेआउटमा a थिच्दा आकार (ा) टाइप हुन्छ । युनिकोडले हरेक अक्षरलाई एउटा कोड दिने हो https://www.unicode.org/charts/PDF/U0900.pdf, तँपाईलाई जुन लेआउट सजिलो लाग्छ त्यो प्रयोग गरेर टाइप गर्न सक्नु हुन्छ, टाइप भैसके पछि कुन लेआउट प्रयोग गरेर टाइप गरेको भन्ने भेद रहदैन ।
      ZWJ र ZWNJ ले अक्षरहरू कसरी जोडिन्छ भन्ने निर्धारण गर्दछ - विस्तृतमा माथि दिइएको छ ।

      Delete
    2. Zwnj use garda maathi vaniyejasto srimanko type garna khojda milena. Kasari hola?

      Delete
  14. comma ani bracket kasari lekhbe? dead key kasari prayog garne ani jwj jwnj kasari prayog garne, pls reply

    ReplyDelete
    Replies
    1. comma key mai chha comma. dead key ko lagi animation thapeko chhu tesle clear huncha ki

      Delete
  15. कमा , आएन कसरी आउछ युनिकोडमा

    ReplyDelete
    Replies
    1. यो लेआउटमा कमा अंग्रेजी , key मै छ - अर्थात् ङ भएको key । माथि लेआउटको चित्रमा हेर्नुहोला।

      Delete
  16. मैले अलिकती नबुझेको केही कुरा स्वर अक्षरहरू लेख्ने छुट्टै KEY के कसरी सिक्ने हजूर ?

    ReplyDelete
    Replies
    1. स्वर अक्षरहरूको लागि निश्चित key हरू छन्,
      c = अ
      A = आ
      O = इ
      @ = ई
      p = उ
      U = ऊ
      C = ऋ
      P = ए
      E = ऐ
      _ = ओ
      - = औ
      माथि लेआउट चित्रमा हेर्नुहोस्

      Delete
  17. Windows 10 मा त Ctrl मात्रै काम गरेन त Comma, Fullstop. को लागि । अनि Ctrl र Alt थिचेर गर्दा Greater Than र Smaller Than आउछ । यो समस्या ms word 2010 मा हो ।
    Font Kalimati , Notepad मा फेरी समस्या छैन । केही समाधानका उपाय भए दिनुहोला । धन्यवाद ।।

    ReplyDelete
    Replies
    1. comma को लागि comma मात्र थिचे पुग्छ र fullstop को लागि = थिच्नुहोस्

      Delete
  18. दीर्घ रू कसरी टाइप गर्ने?

    ReplyDelete
  19. Hamrai kosari lekhni mangal font ma

    ReplyDelete
  20. I want to add this in my website (http://nepalitankan.appspot.com/ttf2utf/). Allowed ? If yes, can you provide short step on doing so.

    ReplyDelete
    Replies
    1. Yes, but may I know which site first? also how can i contact you ?

      Delete
  21. Zwnj and zwj are not working in your layout. Any suggestions. Typing in windows 7

    ReplyDelete
    Replies
    1. what are you actually trying to type, can you please elaborate ?

      Delete
  22. नेपाली किबोर्डमा ZWJ कसरी टाईप गर्ने ??? कन्‌फूज भयो

    ReplyDelete
  23. काे टाइप गर्दा के आउछ के गर्ने

    ReplyDelete
  24. sir can we change its setting to normal as while typing ko will be ko no ke

    ReplyDelete
  25. how to write comma and full stop in unicode

    ReplyDelete
  26. र्याल कसरी लेख्नी होला हजुर

    ReplyDelete
    Replies
    1. माथि भनिए जसरी
      र ् ZWJ य ा ल

      Delete
  27. जानकारी लागि धन्यवाद । मेरोमा नेपाली युनिकोडमा छ । यो ट्रयाडिसनल नेपाली युनिकोडको कुरा भयो । नेपाली युनिकोडमा ऐ आ ई ऊ हरू कसरी लेख्ने हो ? जानकारी पाउन हजुर ।

    ReplyDelete
  28. Nepali Unicode Kalimati ले windows 10 मा काम गर्छ तर Mac मा काम गरेन । उपाय बताइदिनु हुन्छ कि ?

    ReplyDelete
    Replies
    1. यो mac को लागि यो बनाएको हैन हजुर। mac को बारेमा मलाई खासै ज्ञान पनि भएन

      Delete
    2. हालसालै यो लेआउट keyman मा पनि लगेकोछु, mac मा पनि चल्न पर्ने हो अब । https://keyman.com/keyboards/nepali_traditional
      यो राखेर हेर्नुहोला

      Delete
  29. question Mark type garn ke garne ?

    ReplyDelete
  30. katipaya avasthama hami aafno pc ma android system (phoenix) halera chalauchau. yaslai androidko physical keyboard ko rupma pani prayog garna milne banayama nikai sahayog hune thiyo.

    ReplyDelete
  31. Replies
    1. प ् र
      माथि अरु संयुक्त अक्षरहरू पनि छन्

      Delete
  32. ZWNJ को फण्डा के हो र कसरी प्रयोग गर्ने

    ReplyDelete
    Replies
    1. ZWNJ = zero width non joiner
      हलन्त देखिने गरि जोड्न परेमा ZWNJ प्रयोग गरिन्छ
      श्र ी म ा न ् क ो = श्रीमान्को
      श्र ी म ा न ् ZWNJ(m key) क ो = श्रीमान्‌को

      Delete
    2. भएन त सर । windows 10 ma nahune ho ki ? maile word 2019 windows 10 ma chalaudai chu .

      Delete
    3. हुन्छ हजुर विन्डोजको सबै भर्जनमा । https://ibb.co/D9s86tr यस्तो हुन पर्ने हो किबोर्ड सेलेक्ट गर्दा । screenshot कतै अपलोड गरेर लिङ्क दिन मिल्छ होला ?

      Delete
  33. Dead end function chalena ta sir? kasari hola milaune?

    ReplyDelete
    Replies
    1. dead key भन्नुभएको हो? चिन्हहरू टाइप गर्न dead key प्रयोग गर्न पर्छ, जस्तै - (ड्यास) टाइप गर्न पर्दा पहिले { थिच्ने र छोड्ने त्यसपछि - थिच्ने । माथि एनिमेशन पनि छ हेर्नु होला

      Delete
  34. द्य kina word 2019 , windows 10 ma mangal ma mildaina? Mero document savai mangal font ma xa ani द्य lekhda chahi arkai font jastai kalimati ma lekhda document ko font ekrup hunna. Yo solve kasari garne?

    ReplyDelete
    Replies
    1. windows 7 ra 10 ko Mangal font ma द्य glyph nai chhaina. arko font Kalimati, Nirmala Mukta etc use garnu hola.

      Delete
    2. ma sanga win8 chhaina, malai tha bhaye samma win xp samma hunthyo, Mangal ko naya version dekhi yesto bhayeko huna sakcha.

      Delete
  35. ZWNJ ra ZWJ hudai vayena kina hola? ani dead key pani use hudaina ta? how to solve the problem? last ma, Question mark kasari type garne ?

    ReplyDelete
    Replies
    1. ZWNJ 'm' ma ra ZWJ '|' key ma chha tapai le kun key thichnu bhayo ?
      ? english '?' bhayekai thau ma chha
      tapai ko ma yo layout nai select bhayena jasto chha. yesto chha hernus ta. ani milcha bhane afno screenshot dekhaunus

      Delete
    2. Nepali Unicode Traditional Layout Keyboard xa mero ma.

      Delete
    3. धेरै धेरै धन्यवाद सर तपाईलाई । TTF Layout राखेपछि सबै मिल्यो ।

      Delete
  36. I am trying to type Karlaya or garda in MS word but I am struggling to type half ra. How do I type that word?
    I am currently using Devanagari sangam mn font in Mac as ZWNJ ः or ZWJ ः is not working as the letter is M in my Nepali keyboard layout.

    ReplyDelete
    Replies
    1. क ा र ् य ा ल य = कार्यालय
      ग र ् द ा = गर्दा
      I do not know much about macs or Nepali layout there, so unable to point out which actual key to press for ZWNJ or ZWJ. Those characters affect how half letters combine and this should be same in macs as well. pls refer ZWJ section above for details.

      Delete
    2. Thank you so much. It helped a lot.

      Delete
    3. Recently ported this layout to Keyman. It should now be supported in macs as well, pls try https://keyman.com/keyboards/nepali_traditional and let me know if you like it

      Delete
  37. प्रधानजी नमस्कार, सर्वप्रथम यो लेआउट बनाइदिनुभएकोमा यहाँलाई लाख लाख धन्यवाद दिन चाहन्छु। म पहिले Windows मै आउने नेपाली ट्रेडिसनल लेआउट प्रयोग गर्थेँ तर त्यहाँ विभिन्न अक्षरहरू (जस्तै, ई आदि) को अभाव भएकाले हैरान थिएँ। तपाईंले बनाउनुभएको लेआउट प्रयोग गर्न थालेदेखि एकदमै खुसी छु। Windows र Linux मा त अब कुनै समस्यै भएन तर यही लेआउट ChromeOS मा पनि भएदेखि थप प्रयोगकर्ताहरू लाभान्वित हुने थिए भन्ने सोचेर तपाईंले बनाउनुभएकै ठ्याक्कै लेआउट Chrome OS का लागि तयार पनि गरेँ तर यो Dead Key कसरी राख्ने भन्ने चाहिँ भेउ पाउनै सकिनँ। हजुरले मार्गदर्शन गरिदिनुभए आभारी हुने थिएँ। फेरि पनि यहाँलाई धन्यवाद।

    ReplyDelete
    Replies
    1. ChromeOS को बारेमा खासै ज्ञान भएन सुनिलजी, तपाईले के प्रयोग गरेर बनाउनु भयो ?

      Delete
    2. हजुर प्रधानजी, CKLG (ChromeOS Keyboard Layout Generator) प्रयोग गरी बनाएको हो। यो ठ्याक्कै Microsoft Keyboard Layout Creator जस्तै नै रहेछ। अरू सबै नै मिल्यो तर Dead Key का ठाउँमा चाहिँ के राख्ने भन्ने नै थाहा भएन। कुनै Unicode क्यारेक्टर पो राख्नु पर्ने हो कि? धन्यवाद। नत्र हजुरले नै बनाइदिनुभयो भने पनि भइहाल्यो नि।

      त्यसको लिंक यहाँ छ: http://cklg.epizy.com/ र गाइड चाहिँ यहाँ छ: https://imgur.com/a/u6FTRfp त्यसको निर्मातासँग यहाँबाट सम्पर्क गर्न सकिन्छ:https://www.reddit.com/r/chromeos/comments/kmjqun/cklg_alternative_keyboard_layout_extension_creator/

      Delete
    3. सुनिलजी CKLG ले Dead key support नगर्ने जस्तो देखियो । ChromeOS को बारेमा सुनेको मात्र छु, कहिल्यै चलाएको छैन, कुनै डिभाइस पनि भएन मसँग । यसो खोज्दै जाँदा https://github.com/google/google-input-tools भेटियो, अलि पुरानो जस्तो छ तर यसले m17n keyboard सपोर्ट गर्छ भनेको रहेछ, m17n मा यो लेआउट ne-trad-ttf को नाममा उपलब्ध छ, एक चोटि काम गर्छ कि हेर्नुहोला ।
      अर्को चै https://github.com/google/extra-keyboards-for-chrome-os यसमा composekey भन्ने लेआउटले dead key जस्तै जस्तै केही गरेको जस्तो लाग्यो, त्यसलाई आधार मानेर केहि बनाउन सकिन्छ कि ?

      Delete
    4. अर्को एउटा keyman भन्ने छ जसमा मैले प्रचलित लिपि (नेपाल भाषा)को लागि लेआउट बनाएको थिएँ र यसमा dead key सपोर्ट छ । ChromeOS कै लागि नभएपनि KeymanWeb र Keymanbookmarklet मार्फत ब्राउजरमा टाइप भने गर्न मिल्छ । यो उपयोगी हुने भए म समय मिलेको बेलामा यो लेआउट पनि keyman मा लग्न सक्छु ।

      Delete
  38. सर, युनिकोड मा लेखिएको डकुमेन्ट मेरो कम्प्युटर मा उल्टो किन देखाउछ? जस्तै; "मेरो" को सट्टा ाेरमे" देखाउछ । k esto hunu, windows version namilera ho ta? Please reply soon.

    ReplyDelete
    Replies
    1. Right to Left language जस्तै अरबी सेलेक्ट भयो कि ?

      Delete
    2. Savai text ta testo vayena but katai katai testo xa. K garne hola?

      Delete
    3. thik hune text ra bigrane text ma cursor rakhda status bar tira kei farak huncha ki ?

      Delete
    4. Copy paste garda ko samasya jastai xa. Bigreko word haru lai paste special ma gayera unformatted unicode select garera paaste garda thik vayo.

      Delete
  39. Software Install Nagare Sidhai Kun Font Install Garda Aauxa Sir Windows 10 Ma KALIMATI try gareko vayena.

    ReplyDelete
    Replies
    1. Please try this https://keymanweb.com/#ne,Keyboard_nepali_traditional

      Delete
  40. Special characters haru kasari type garne? Jasto ki % . Windows 10 ma ta shift+{ ani chahiyeko symbol thichda aaudo raixa. Tara windows 7 ma kina vayena???

    ReplyDelete
    Replies
    1. Nepali Traditional TTF bhanne installed ra active chha suman ji?

      Delete
  41. Replies
    1. Garcha suman ji, dherai barsa windows 7 ma yei layout chalayeko chhu. Nepali Traditional TTF bhanne installed ra active chha hai ?

      Delete
  42. यी ज्ञ ई घ द्ध छ आदि अक्षरका लागि चैँ किन shift थिच्‍नुपर्ने बनाइएको होला ? shift थिच्दा चैँ बरु १ २ ३ ४ ५ इत्यादि थिचिने बनाउँदा हुन्‍न? किनकि टाइप गर्दा १ २ ३ ..... भन्दा ज्ञ ई घ ..... को बढी प्रयोग गरिन्छन् ।

    ReplyDelete
  43. window 10 ko lagi बुद्ध जस्ता सयुक्त अक्षार कसरी लेख्ने होला ‌म ttf नषपाली चलाउछु

    ReplyDelete
    Replies
    1. द ् ध
      अरु अक्षर https://nepalitankan.blogspot.com/2013/10/nepali-traditional.html#samyukta

      Delete
  44. saritabhandari152@gmail ma send garnu na la

    ReplyDelete
  45. के यो लेआउटलाई लोकसेबाट लिने प्रयोगात्मक परीक्षाको लागि पनि प्रयोग गर्न सकिन्छ ।

    ReplyDelete
    Replies
    1. प्रयोगात्मक परिक्षा लोकसेवाकै कम्प्युटरमा दिन पर्ने हो कि आफ्नैमा गर्ने होला? यो लेआउट इन्सटल गर्न पर्छ, परिक्षा दिने कम्प्युटरमा इन्सटल गर्न मिल्छ/पाउनुहुन्छ भने मिल्छ

      Delete
  46. Shakti कसरी लेख्ने?

    ReplyDelete
  47. zwj key को प्रयाेग गर्न आएन हाे सर

    ReplyDelete