युनिकोड आउनु अगाडि म प्रीति, कान्तिपुर जस्ता ttf फन्टमा टाइप गर्थें । त्यसको लागि मदन पुरस्कार प्रतिष्ठानले Nepali Traditional Layout भन्ने बनाएको थियो । यसमा पुरानो ब क म ा न लेआउट छ जुन प्रिति फन्टसँग मिल्दो जुल्दो छ ।
यसमा अनेक नयाँ अक्षरहरू पनि छन् जसलाई पहिले Alt+xxx कोडबाट ल्याउन पर्थ्यो जस्तै S = ङ्क, D = ङ्ग, T = ट्ट आदि । झट्ट सोच्दा यसले गर्दा टाइप गर्न सजिलो हुन्छ जस्तो लाग्छ तर हामी ttf लेआउटमा हात बसेकाहरूलाई भने यसले झनै अप्ठेरो बनाएको पाएँ । एक त यी अक्षरहरू धेरै चाहिने हैन (W = ड्ढ कहिल्यै प्रयोग गर्नु भएको छ ?) त्यसमाथि धेरै प्रयोग भएर हात गैराख्ने S = क् यो हान्न खोज्दा ङ्क आइदिन्छ तीन चोटि Backspace हान्न पर्ने गरि । त्यसमाथि चाहिराख्ने चिन्हहरू जस्तै , : ? - हरू चाहि Ctrl Alt सँग थिच्न पर्ने भाको छ ।
Windows 7 देखि Nepali भन्ने लेआउट पाइन्छ जो लगभग हुबहु प्रीति लेआउटसँग मिल्छ तर यसमा धेरै अक्षरहरू नै छैनन् । Linux मा त झन् आधा आधि मात्र चल्ने Traditional लेआउट भेटिन्छ । यी सबबाट आजित भएर एउटा नयाँ लेआउट बनाएको छु ।
नयाँ लेआउट
दैनिक टाइप गर्न पर्नेहरूलाई सजिलो गर्न मैले
Nepali Traditional TTF लेआउट बनाएको छु । यो लेआउट बनाउँदा सकेसम्म प्रिती जस्ता ttf लेआउटमा हात बसेकाहरूलाई सजिलो होस् भनेर बनाएको छु । ttf फन्टहरूमा टाइप गर्दा आफूलाई चाहिएको चिन्हहरू कसरी ल्याउने भन्नेमा ध्यान दिन पर्थ्यो भने युनिकोडमा टाइप गर्दा कुन अक्षर कुन स्वर र व्यन्जनहरू मिलेर बनेको छ त्यो थाहा पाए पुग्छ। यहि सैधान्तिक भिन्नताका कारण टाइप गर्दा केही फरकहरू भने हुन्छन् । साथै चाहिराख्ने चिन्हहरू जस्तै , : ? - = ! @ / आदि पनि लेआउटमै वा dead key प्रयोग गरेर सजिलै ल्याउन मिल्ने बनाएको छु । सुधारका लागि सुझावहरू दिनसक्नु हुन्छ ।
डाउनलोड#
टाइप चै कसरी गर्ने त युनिकोडमा, प्रीति(ttf)भन्दा के चै फरक छ ?#
इकार
ह्रस्व र दीर्घ दुवै इकार व्यन्जन पछि थिच्न पर्ने
जस्तै दिदी लेख्न पर्दा
ttfमा
ि+
द+
द +
ी हुन्थ्यो भने
युनिकोडमा
द +
ि +
द +
ी (हिज्जे भन्न पर्दा जसरी भनिन्छ त्यसरी नै टाइप गर्ने : द इकार द ईकार )
ओकार र औकार
ttf मा जस्तो ा + े गरेर वा ा + ै गरेर ौ बन्दैन (
धेरैले गर्ने गल्ती ) । ो र ौ क्रमशः
J र
B मा छन्
को ठा → कोठा
अरू स्वर मात्राहरू - आकार ा, ह्रस्व उकार ु, दीर्घ ऊकार ू, ऋ ृ, एकार े, ऐकार ै प्रीतिमा जसरी नै टाइप गरिन्छ ।
स्वर अक्षरहरू छुट्टै लेख्न परेमा#
प्रीतिमा जस्तो 'अ' मा आकार, ओकार जस्ता स्वर मात्रा लगाएर हुदैन
धेरैले गर्ने गल्ती
अ + ा ≠ आ | A → आ |
अ + ो ≠ ओ | _ → ओ |
अ + ौ ≠ आ | - → औ |
(इ + रेफ) र + ् + इ ≠ ई | @ → ई |
ए + े ≠ ऐ | E → ऐ |
माथि लेआउटमा देखाए गरि सबै स्वर अक्षरका लागि आफ्नै
key छन्
c → अ
A → आ
O → इ
@ → ई
C → ऋ
p → उ
U → ऊ
P → ए
E → ऐ
_ → ओ
- → औ
रेफ खोइ त ?
युनिकोडमा रेफ छुट्टै हुदैन । रेफ भनेको आधा 'र' अरू व्यन्जनसँग जोडिएपछि आउने हो, त्यसैले रेफ लागि
र +
् (हलन्त)
क ा र ् य → कार्य
ई (दीर्घ ईकार) का लागि पनि रेफ प्रयोग हुन्थ्यो, त्यसको लागि
@ → ई
अरु अक्षरहरू
युनिकोडमा टुक्रे चिन्हहरू छैनन् । जस्तै प मा पुच्छर जोडेर फ, उ मा पुच्छर जोडेर ऊ, प को खुट्टा तानेर प्र आदि इत्यादि केही गर्न पर्दैन ।
K → फ
U → ऊ
V → ॐ
< → ङ
प ्र → प्र
रु → रु (ह्रस्व)
रू → रू (दीर्घ)
अरू उदाहरण सयुक्त अक्षरमा
आधा अक्षरहरू
ttf मा आधा अक्षरहरू जस्तै ब्, क्, द् क्रमशः
A,
S र
B मा पर्छन् भने युनिकोडमा ब+्, क+् द+् गर्नु पर्छ । यहाँ राखिएको युनिकोड लेआउटमा धेरै प्रयोग हुने आधा अक्षरहरू जस्तै क् स् हरू
S : मै छन् भने द् चै
B मा छैन तर याद राख्न पर्ने कुरा के छ भने युनिकोडमा
क +
् गरेर क् ल्याउनु र
S गरेर क् ल्याउनुमा केही अन्तर छैन र त्यसपछि केही अक्षर आएमा आफै जोडेर संयुक्त अक्षरहरू बन्छन् ।
संयुक्त अक्षरहरू#
युनिकोडमा संयुक्त अक्षरहरू टाइप गर्न ttf फन्टहरूमाभन्दा सजिलो छ, जुन अक्षर जसरी बनेको छ त्यै टाइप गर्दै जाने
उदाहरणको लागि ङ्क लाई लिऊँ, ttf मा फन्ट अनुसारको Alt+xxx कोड हान्नु पर्नेमा युनिकोडमा ङ + ् + क टाइप गरे पुग्छ । युनिकोडको अर्को फाइदा भनेको यसरी टाइप गरेपछि ttf फन्टमा जस्तो अरू फन्टमा लग्दा बिग्रने सम्भावना हुदैन । (नोट : नेपाली (देवनागिरी) अक्षर भएका धेरै युनिकोड फन्टहरू छन्, सबै फन्टमा सबै संयुक्त अक्षरहरू नहुन पनि सक्छन् । फन्टमा नभएमा ् सहितको सिङ्गो अक्षर नै देखिन्छ - जस्तै Windows 7 को Mangal फन्टमा ङ्क छुट्टेर आउछ, सो संयुक्त अक्षर भएको फन्टमा चै आफै मिलेर आउछ । ttf फन्टमा जस्तो फन्ट परिवर्तन गर्दा एकदमै फरक अक्षर वा बट्टा बट्टा आउने समस्या चै हुदैन )
केही उदाहरणहरू:
क ् क → क्क
क ् त → क्त
क ् र → क्र
ङ ् क → ङ्क (Windows 7 को Mangal फन्टमा ङ्क आउछ Kalimati वा Arial Unicode MS मा ङ का मुनि क नै आउछ)
ङ ् ख → ङ्ख
श ् र → श्र
द ् ध → द्ध (बुद्ध)
द ् द → द्द (मद्दत)
द ् व → द्व (द्वारा) (Windows 7 को Mangal फन्टमा द्व आउछ Kalimati वा Arial Unicode MSमा ठिक आउछ)
द ् य → द्य (Windows 7 को Mangal फन्टमा द्य आउछ Kalimati वा Arial Unicode MSमा ठिक आउछ)
द ् र → द्र
प ् र → प्र
ट ् ट → ट्ट
ठ ् ठ → ठ्ठ
ह ृ → हृ (हृदय)
ह ् र → ह्र (गाह्रो)
ह ् य → ह्य (ह्याकुला)
ह ् व → ह्व (विह्वोल)
संयुक्त व्यन्जनहरू (उदाहरणका लागि मात्र, क्ष त्र ज्ञ क्रमशः
I,
Q, र
! मा पनि छन्)
क ् ष → क्ष
त ् र → त्र
ज ् ञ → ज्ञ
यो ZWJ र ZWNJ भन्ने जन्तुहरू के हुन् ?#
आधा अक्षर पछिल्लो अक्षरसँग जोड्दा फरक तरिकाले जोड्न परेमा ZWJ वा ZWNJ प्रयोग हुन्छ
हलन्त देखिने गरि जोड्न परेमा ZWNJ (Zero Width Non Joiner)#
ZWNJ m मा छ
श्र ी म ा न ् ZWNJ क ो → श्रीमान्को (ZWNJ प्रयोग नगर्दा श्रीमान्को हुन जान्छ)
हलन्त नदेखिने गरि फरक तरिकाले जोड्न परेमा ZWJ (Zero Width Joiner)#
ZWJ Shift+\ मा छ
र ा ख ् ZWJ न → राख्न(कालीमाटी जस्ता युनिकोड फन्टमा राख्न संयुक्त ख र न (ख को मुन्तिर न) हुन जान्छ त्यस्तो भएको मन नपरेमा)
अंकहरू
अंकहरू ०-९ को लागि
Shift थिच्न नपर्ने
1 2 3 मा भएका ज्ञ ई घ द्ध आदिलाई
Shift थिच्न पर्ने
Dead key के किन र कसरी - चिन्हहरू#
नेपालीमा धेरै अक्षरहरू छन्, सबै अटाउदा धेरै जसो चिन्हहरूको लागि ठाउँ नै बच्दैन । यसैले धेरै प्रयोग हुने । , ? . जस्ता केही चिन्हहरू मात्रै एउटा key थिचेर आउने बनाइएको छ । अरु चिन्हको लागि भने Dead key को प्रयोग गर्नु पर्छ ।
यो लेआउटमा
{ Dead key हो ।
{ हान्ने बित्तिकै केही पनि टाइप भएको देखिदैन तर लगत्तै अरु केही थिचे पछि भने चाहिएको अक्षर वा चिन्ह देखा पर्छ ।
किबोर्डमा देखिने चिन्हहरू ~ ` ! @ # $ % ^ & * () - _ = + [] {} \ ;” ' < > / | सबै dead key प्रयोग गरेर टाइप गर्न सकिन्छ । कुनै पनि चिन्ह टाइप गर्न परेमा पहिले
{ थिच्ने र छोड्ने अनि
चिन्ह थिच्ने ।
जस्तै:
+ →
{ थिच्ने र छोड्ने अनि
+ थिच्ने
@ →
{ थिच्ने र छोड्ने अनि
@ थिच्ने
वा
{ थिच्ने र छोड्ने अनि
2 थिच्ने
Windows मा ! $ : ; > जस्ता केही अपवादहरू छन्, जसमा हल्का फरक तरिका अपनाउनु पर्ने हुन्छ, तल विस्तृतमा दिइएको छ । प्रयोगकर्ता सुझाव अनुसार पुरानो भर्सन भन्दा अलिकति फेरबदल गरिएको छ, नयाँ भर्सन राख्नुहोला ।
कोष्ठक चिन्ह - ( कसरी टाइप गर्ने :
कुन चिन्ह कता
चिन्ह | Linux | Windows |
। | . |
. | = वा {. |
, | , |
? | ? |
` | {` |
~ | {~ |
! | {! / {1 | {1 |
@ | {@ वा {2 |
# | {# वा {3 |
$ | {$ / {4 | {4 |
% | {% वा {5 |
^ | {^ वा {6 |
& | {& वा {7 |
* | {* वा {8 |
( | {( वा {9 |
) | {) वा {0 |
- | {- |
_ | {_ |
= | {= |
+ | {+ |
[ | {[ |
{ | {{ |
] | {] |
} | {} |
\ | {\ |
| | {| |
: | {: |
{; |
; | {; |
{m वा Ctrl+Alt+; |
' | {' |
" | {" |
< | {< |
> | {> |
{, |
/ | {/ |
ऱ् | {? |
पऱ्यो गऱ्यो ऱ्याल कसरी लेख्ने?#
यस्तो आधा र दुई तरिकाले लेख्न सकिन्छ
ऱ को प्रयोग गरेर
{? = ऱ् (थोप्लो भएको र अनि हलन्त)
प{?यो→ पऱ्यो
{?याल→ ऱ्याल
ZWJ को प्रयोग गरेर
पर ् ZWJ य ो → पर्यो
र ् ZWJ य ा ल → र्याल (नत्र र्याल हुन जान्छ)